राजतन्त्रको वकालत गर्ने परिवर्तनगामी हुन सक्दैन् : सिटौला

खरीबोट
ad

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले घोषणापत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेदवार गणतन्त्रको पक्षधर हुन नसक्ने बताएका छन् । 

चुनावी सभाअन्तर्गत झापाको भद्रपुरस्थित सगरमाथा चौकमा आयोजित कोण सभालाई आज सम्बोधन गर्दै नेता सिटौलाले राजतन्त्रको वकालत गर्ने अनि परिवर्तनगामीको प्रतिनिधि हुँ भनी भ्रम छोड्ने गणतन्त्रको पक्षधर हुन नसक्ने विचार व्यक्त गरे । 

नेपाली राजनीतिको परिवर्तनगामी इतिहास बोकेको झापा क्षेत्र नं ३ को माटोले परिवर्तन विरोधीलाई स्वीकार नगर्ने भन्दै सिटौलाले उम्मेदवार नभएका वामपन्थी मतदाताको प्रतिनिधि बन्न आफू इमान्दार भएर जनताको माझ आएको बताए । 

यसैगरी, प्रदेशसभाअन्तर्गत क्षेत्र नं ३ को ‘२’ का उम्मेदवार भगिरथ पोदारले ग्रामीण इलाकाका रुपमा रहेको आफ्नो क्षेत्रको विकासका लागि सडक, कृषि, शिक्षा र स्वास्थ्य सेवाको विकास पहिलो प्राथमिकतामा राखेको बताए ।

सम्बन्धित समाचार

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ ।  एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष

जनस्वास्थ्य सङ्घमा निर्वाचन हुने

काठमाडौँ /  नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ ।  नेपाल जनस्वास्थ्यकर्मी सङ्घ ९प्रजातान्त्रिक० समूह र नेपाल जनस्वास्थ्यकर्मी ९प्रगतिशील० समूह मुख्यरुपमा चुनावी प्रतिस्पर्धामा रहेका

माल्दिभ्सको आम निर्वाचनमा प्रमुख विपक्षी नेता सोलिहले चुनाव जितेको दाबी  

माले।  माल्दिभ्समा आइतबार भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह विजयी हुने सम्भावना देखिएको मिडिया रिपोर्टमा जनाइएको छ। सोलिहले आफुले चुनावमा जित हासिल गरेको दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले

सङ्घीय संसदको दुई संयुक्त समितिका सभापति निर्वाचन कार्यक्रम सार्वजनिक 

काठमाडौँ। सङ्घीय संसद् (प्रतिनिधिसभा÷ राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ ।  ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन्