• २०८१ बैशाख ७ शुक्रबार

‘तीरको लक्ष्य’ पुस्तक लोकार्पण

kharibot

काठमाडौँ  । प्रेम रावतद्वारा लिखित ‘तीरको लक्ष्य’ लोकार्पण गरिएको छ । 

संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशीले सो पुस्तकको शनिबार लोकार्पण गर्दै हरेक व्यक्तिले आफूभित्रको बोधि ज्ञान तत्वको खोजी गर्न सके नै जीवनको सही अर्थ बुझ्न सकिने बताए । 

उनले सांस्कृतिक विविधताले सम्पन्न नेपालमा रहेका अमूर्त र अभौतिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिँदै नेपाली साहित्यिक, अध्यात्मिक र दार्शनिक क्षेत्रमा विमोचित पुस्तकले नयाँ लक्ष्य निर्धारण गर्न सफल भएको उल्लेख गरे । 

पुस्तकको समीक्षा गर्दै पत्रकार कृष्णमुरारी भण्डारीले जीवन, सफलता तथा सम्बन्धबारे पुस्तकले व्यावहारिक सल्लाह दिएको विचार व्यक्त गरे । 

प्रेमसागर फाउण्डेशनका उपाध्यक्ष प्रेमराज कणेंलले लेखक रावलका विचारलाई देशभर फैलाउन फाउण्डेशनले देशका एक हजार ५०० केन्द्र सञ्चालन गरेको र धादिङमा दैनिक तीन हजार विद्यार्थीलाई निःशुल्क पौष्टिक भोजन गर्ने गरेको जानकारी दिए । 

आत्मज्ञान प्रचार संघका अध्यक्ष भरतप्रसाद उप्रेतीले पुस्तकमा जीवन के हो र जीवनमा कसरी शान्ति पाउन सकिन्छ भन्ने बारेमा विभिन्न रोचक कथा, प्रेरक भनाइ तथा उदाहरण प्रस्तुत गरिएकाले सबैलाई उपयोगी रहेको बताउनुभयो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै