• २०८१ बैशाख ८ शनिबार

महिला टि-२० विश्वकप छनौटमा नेपालको चीनमाथि ५० रनले विजयी 

kharibot

फाइल तस्बिर

काठमाडौँ । थाइल्यान्डमा जारी आइसीसी महिला टि-२० विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । 

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको चीनले १८.२ ओभरमा ५२ रन बनाउँदै अल आउट भएको थियो । यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८, काजल श्रेष्ठले १६ रन, नेरी थापाले ११ रन बनाएकी थिइन् ।

आजको जितसँगै नेपालको ६ अंक भएको छ र विश्वकपको ग्लोबल छनोट खेल्न पाउने सम्भावना कायमै छ । थाइल्याण्ड ७ अंकसहित पहिलो र युएई ६ अंकसहित दोश्रो स्थानमा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै