• २०८१ बैशाख ८ शनिबार

भारतीय क्रिकेट कप्तान कोहलीको नयाँ रेकर्ड

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले फेरी नयाँ रेकर्ड बनाएका छन् ।

गत साता मात्र अन्तराष्ट्रिय क्रिकेटमा ५०औ शतक हानेका कोहोलीले आइतबार श्रीलंकाविरुद्धको टेस्ट क्रिकेटमा फेरी शतक हान्दै एक बर्षमा सबैभन्दा धेरै शतक बनाउने कप्तान बनेका छन् । कोहलीले श्रीलंका विरुद्धको पहिलो टेस्टमा २१३ रन बनाएका हुन्  ।  

कोहलीले यस बर्ष २०१७ मा कुल १० अन्तर्राष्ट्रिय शतक हान्दै यो रेकर्ड बनाएका हुन् । उनले अस्ट्रेलियाका कप्तान रिक्की पोंटीङ र दक्षिण अफ्रिकाका कप्तान ग्राहम स्मिथको एक बर्षमा ९ शतकको रेकर्ड तोडेका हुन् ।

रिक्कीले सन् २००५ र २००६ मा लगातर ९,९ शतक हानेका थिए भने स्मिथले सन् २००५ मा ९ शतक हानेका थिए ।

कोहलीको कप्तानको रुपमा भने यो १२औ शतक हो । यो पनि आफैमा नयाँ रेकर्ड हो । उनि धेरै शतक बनाउने कुनै पनि भारती कप्तान पनि बनेका छन् । यस अघि सुनील गावस्करले ४७ टेस्टमा कप्तानी गर्दै ११ शतक बनाएका थिए । कोहलीले ३१ टेस्ट कप्तानको रुपमा खेल्दै १२ शतक बनाएका हुन् ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै