• २०८१ बैशाख ४ मंगलबार

अनलाइन शपिंग गर्दा आईफोन ७ को सट्टा साबुन आएपछि ...

kharibot

दक्षिण एसिया । जमाना निकै आधुनिक भइसकेको छ । घर बसी बसी इन्टरनेटबाटै सबै कुरा किन्न÷मगाउन सकिने यो जमानामा सधैँ तपाईंले सोचे र चाहेजस्तो भने हुँदैन । भारतमा यस्तै एउटा रोचक घटना घटेको छ ।

एक जना राजीव नामका भारतीयले आफ्नी श्रीमतीलाई आईफोन ७ गिफ्ट गर्न अनलाइन शपिंग गर्ने सोच बनाए । उनले अनलाइन खरिदबिक्री गर्ने अमेजन कम्पनीबाट श्रीमतीको लागि आईफोन ७ मगाए । मागबमोजिम आईफोन घरमा आइपुग्यो ।

उनले श्रीमतीलाई खुसी हुँदै बहुमूल्य गिफ्ट हातमा थमाइदिए । श्रीमतीले प्याकेट खोलिन्, त्यसमा चार्जर, इयर फोन, फोन कभरलगायत सबै सामग्री समावेश थियो । तर महत्वपूर्ण कुरा आईफोन ७ भने थिएन ।

सबैलाई चकित पार्ने गरी त्यहाँ आईफोन ७ को साटो साबुन पो थियो । त्यसपछि उनले तत्कालै सेक्युरिटी गार्डलाई भनेर आईफोन ७ पुर्याउन आएका व्यक्तिलाई समातेर प्रहरीमा बुझाइदिए ।

पछि कम्पनीले उनले बुझाएको सम्पूर्ण रकम उनकै एकाउन्टमा फिर्ता गरिदियो । यो यही मंसिर १० गतेको घटना हो । उनले मगाएको फोनको मूल्य झण्डै ७० हजार रुपैयाँ पर्छ ।

उनले फोनको बुकिंग शुक्रबार नै गराएका थिए । फोन लिएर भने कम्पनीबाट आइतबार डेलिभर गर्न एक जना आशीष नामका युवक उनको घर आएका थिए । यो प्रिस्टेन एस्टेट सोसाइटीमा भएको घटना हो ।

पछि प्रहरीले कम्पनीका पदाधिकारीसँग समेत छलफल गरी पैसा फिर्ता गराएर उजुरीकर्ता राजीवबाट उजुरी फिर्ता गराइएको थियो । 

  • नवभारतटाइम्सबाट अनुदित

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै