• २०८१ बैशाख ४ मंगलबार

भारतको कडा कानुन : घाँस खाएको निहुँमा आठवटा गधालाई जेल चलान !

kharibot

फाइल तस्बिर

दक्षिण एसिया । भारत यस्तो देश हो जहाँ कानुनभन्दा माथि न मानिस हुनसक्छ, न त कुनै जनावर नै । यस्तै रोचक घटना भएको छ भारतमा अहिले ।

महंगो घाँस खाएको भन्दै गधाहरुलाई जेल हालिएको खबरले अहिले सामाजिक सञ्जाल तताएको छ । भारतको उत्तरप्रदेश राज्यको एक जेल कम्पाउन्डमा रोपिएको महंगो घाँस खाएपछि गधाहरुलाई चार दिन जेलमा राखिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार एक जेलका वरिष्ठ अधिकृतले जेल वरपर महंगो घाँस रोप्न लगाएका थिए तर कम्पाउण्डमा गधा छिरेर सबै खाइदिएपछि जनावरलाई नै जेलमा हालिएको हो । इण्डिया टुडेले समाचार लेखेको छ ।

समाचारअनुसार आठवटा गधालाई जेलमा राखिएको छ । उक्त गधा कमलेश नामका व्यक्तिको भएको बुझिएको छ । उनले स्थानीय नेता शक्ति गाहोईलाई भनेर आफ्ना गधाहरु फिर्ता लगेको समाचारमा जनाइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै