• २०८१ बैशाख १३ बिहीबार

नोभाक जोकोभिचलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

विश्व वरियतामा ३३औ स्थानमा रहेका बोर्ना कोरिक र १९औ स्थानमा रहेका ग्रीगोर डिमीट्रोभसहित चार जनालाई कोरोना पुष्टि भएको अर्को दिन नम्बर वन जोकोभिचलाई कोरोना पुष्टि भएको डेली मेलले लेखेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले पनि जोकोभिचलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।

जोकोभिचले क्रोसियामा सामाजिक दुरी कायम नगरी एड्रीया टुर खेल्न गएका थिए । प्रतियोगिता शुरु हुनु अघि गरिएको कोरोना परिक्षणमा दुई खेलाडी र दुई सपोर्ट स्टाफलाई कोरोना पोजेटिभ देखिएपछि उनी सर्बिया फर्किएका थिए  ।

उनी अहिलेको महामारीका बेला आवश्यक प्रोटोकल फलो नगरी प्रतियोगिता खेल्न गएको भन्दै उनको आलोचना भइरहेका बेला उनलाई नै कोरोना पोजेटिभ देखिएको हो ।

क्रोसियामा जोकोभिचले सामाजिक दुरी कायम नगरी पार्टी गरेको, फुटबल ततः बास्केटबल खेलेको बताइएको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै