• २०८१ बैशाख ४ मंगलबार

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

kharibot

दैलेख । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । 
जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन्द्रमा खटाउन शुरु गरिसकेको छ । मुख्य निर्वाचन कार्यालय दैलेखले कर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ । 

जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै जिप्रका दैलेखले तीन जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । चुनाव विरोधी गतिविधिको संकेत पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दैलेखमा वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै