• २०८१ बैशाख १३ बिहीबार

क्रिकेटरले मनपराए फिल्म ’झ्यानाकुटी’

kharibot

काठमाडौँ ।  निशा अधिकारीको निर्माणमा तयार भएको फिल्म ’झ्यानाकुटी’ लाई क्रिकेटरले रुचाएका छन् । क्रिकेट खेलाडीहरुले फिल्म हेरिसकेपछी फेसबुक मार्फत आफुलाई लागेको प्रतिक्रिया लेखेका हुन् । 

क्रिकेट खेलाडी सन्दीप लामिछाने, सागर पुन, सुरज शाक्यसंगै निशाको पति शरद भेषवाकरले फिल्म हेरेका हुन् । 

निशाले फिल्मलाई सिमोश सुनुवारसंग मिलेर निर्माण गरेकी हुन् भने फिल्मलाई सिमोशले नै निर्देशन गरेका छन् । सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , बालकलाकार एस्टल गुरुङ , पुष्कर गुरुङ लगायतको अभिनय रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा गाउले एक दम्पतिमा उत्पन्न हुने विवाद र त्यसपछीको अवस्थालाई देखाइएको छ । फिल्म मङ्सिर १ बात प्रदर्शनमा आएको हो भने शुक्रबार देखि तेस्रो सातामा प्रवेश गरेको छ । 

खेलमै व्यस्त हुने भएकोले पनि कमै फिल्म हेर्ने बताउदै सन्दीप लामिछानेले फिल्मको कथावस्तु र कलाकारको अभिनय मन परेको बताए । 

अभिनेत्री निशाका पति तथा क्रिकेटर शरद भेषवाकरले फिल्म रमाइलो लागेको बताउदै एउटा सानो कुराले कसरी श्रीमान श्रीमतीको झगडा पर्न सक्छ अनि त्यसपछी बीचका केहि व्यक्ति कसरी त्यसलाई फैल्याउन लाग्छन भन्ने तथ्यलाई फिल्ममा देखाइएको बताए । 

त्यस्तै निर्मात्री समेत रहेकी अभिनेत्री निशा अधिकारीले फिल्म हेर्नेले मन पराइ दिएको भन्दै सबैलाई आभार व्यक्त गरेकी छन् । उनले आफ्नो पहिलो प्रयास भएको र दर्शकले ग्रीन सिग्नल दिएको बताउदै फिल्मलाई विदेशमा पनि प्रदर्शन गर्ने बताइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै