• २०८१ बैशाख ८ शनिबार

राजपाले राजेन्द्र महतोलाई जिताउन जनकपुरमा शनिबार चुनावी सभा गर्ने

kharibot

फाइल तस्बिर

जनकपुर ।  राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको मधेशी गठबन्धले भोली जनकपुरमा बृहत चुनावी जनसभा आयोजना गर्ने भएको छ ।

जनकपुरको फुलगामामा हुने चुनावीसभालाई राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित धनुषा—३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेशी गठबन्धनले यसअघि गत शनिवार सप्तरीको राजविराजमा संयुक्त चुनावी सभा गरेको थियो । राजपा नेपालका धनुषा संयोजक संजय सिंहले जनकपुरमा संयुक्त सभाका लागि सबै आवश्यक तयारी पुरा भईसकेको जानकारी दिंदै विशाल सभाले स्थानीय जनता र मतदातामा मात्र नभएर सम्पूर्ण मधेशमा यसको असर पर्ने दाबी गरे ।

संयुक्त जनसभामा राजपा र फोरमका चार वटै क्षेत्रका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागिता हुने जिल्ला संयोजक सिंहले बताए । फुलगामामा हुने सभामा १० हजार समर्थक ल्याउने दाबी आयोजकले गरेको छ ।

धनुषा—३ नम्बर क्षेत्रबाट उम्मेदवार रहेका राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको पक्षमा मधेशी गठबन्धनले चुनावी सभा गर्न लागेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै