• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डो बने इन्स्टाग्राममा धेरै कमाइ गर्ने पुरुष 

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको खेलको चर्चा भईरहदा सामाजिक सञ्जालबाट धेरै कमाउने पुरुष बनेका छन् । 

हालै सार्वजनिक भएको रिपोर्ट अनुसार रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्पोन्सरको तस्विर सार्वजनिक गरे वापत प्रति फोटो ४ लाख १५ हजार अमेरिकी डलर कमाउने गरेका छन् ।

रोनाल्डोका इन्स्टाग्राममा ११६ मिलियन फलोअर रहेका छन् । ३२ बर्षिय रोनाल्डोले स्पोन्सरहरुका फोटो, कार्यक्रमको विवरण तथा स्वास्थ्य बर्धक पेय पदार्थको तस्बिर आफ्नो इन्स्टाग्राममा पोस्ट गरे बापत राम्रो रकम कमाउदै आएका छन् । 

होप्पर एचक्युले गरेको एक अनुसन्धानका अनुसार इन्स्टाग्रामबाट रोनाल्डो विश्वको तेस्रो सर्वाधिक बढी कमाइ गर्ने व्यक्ति हुन् । 

रोनाल्डो भन्दा अगाडी पप स्टार सेलेना गोमेज शिर्ष स्थानमा रहेकी छन् । गोमेजले प्रति तस्बिर ५ लाख ७२ हजार डलर लिने गर्छिन भने किम कार्दाशियनले ५ लाख २० हजार प्रति तस्बिर कमाइ गर्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै