• २०८१ बैशाख ८ शनिबार

रसिया फुटबल विश्वकपको ड्र सार्वजनिक, कुन देश कुन समुहमा परे ?

kharibot

काठमाडौँ । आगामी वर्ष रसियामा हुने फिफा विश्वकप फुटबलको ड्र मस्कोमा सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१औँ विश्वकपको ड्र सार्वजनिक भएको हो ।

आज सार्वजनिक गरिएको ड्रमा विश्वकपमा छनौट भएका ३२ टिमलाई ८ समुहमा विभाजन गरिएको छ ।

जसअनुसार समुह ए मा आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे परेका छन् । समुह बि मा पोर्चुगल, स्पेन, मोरक्को र इरान परेका छन् । त्यस्तै समुह सि मा फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क परेका छन् । समुह डी मा अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया र नाइजेरिया परेका छन् । त्यसैगरी समुह ई मा ब्राजिल, स्विटजरल्याण्ड, कोस्टारिका र सर्बिया परेका छन् । समुह एफ मा जर्मनी, मेक्सिको, स्विडेन र दक्षिण कोरिया परेका छन् । त्यस्तै समुह जी मा बेल्जियम, इङल्याण्ड, ट्युनिसिया र पानामा परेका छन् । त्यस्तै समुह एच मा पोल्याण्ड, सेनेगल, कोलोम्बिया र जापान परेका छन् । 

यस विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क छनौट भएका थिए ।

त्यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया र पेरु छनौट भएका थिए । त्यस्तै एशियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया छानिएका थिए । त्यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा विश्वकपमा छनौट भएका थिए भने अफ्रीकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, मोरोक्को र ट्युनिसिया छनौट भएका थिए ।

यसरी भयो विश्वकपको ड्र :

फिफाका अनुसार ड्रमा ३२ टिमलाई ८ समुहमा विभाजन गरिएको थियो । फिफाको हालको वरियता अनुसार शिर्ष वरियताका ७ टिम र आयोजक रसियालाई एउटा पटमा राखिएको थियो । त्यसपछिका वरियताका ८ टिमलाई अर्को पटमा राखिएको थियो । यसै गरी ३२ टिमलाई ४ पटमा विभाजन गरी हरेक समुहमा चार टिम छानिएको थियो । हालको वरियता अनुसार आयोजक रसियासहित जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्सलाई एक पटमा राखिएको थियो । 

हरेक समुहका टिमहरु एक अर्कासँग खेले पछि शिर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ ।

कहिले हुदै छ विश्वकप फुटबल ?

रसियामा हुने फिफा विश्वकप आगामी जुन १४ विहिबार देखि सुरु हुने छ । आयोजक रसियाले पहिलो खेल खेल्ने छ । विश्वकपको फाइनल खेल जुलाई १५ आइतबार मस्कोमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै