सुर्खेतमा दुई सय ७४ एचआइभी संक्रमित

खरीबोट

सुर्खेत । जिल्लामा २७४ एचआइभी संक्रमितले एआरटीको औषधि सेवन गरिरहेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३४ नयाँ संक्रमित थपिएका छन् । विसं २०६५ यता ५५ एचआइभी संक्रमितको मृत्यु भएको कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले जानकारी दिए । पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको उनले बताए ।

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा सर्छ । खासगरी यौन व्यवसायी तथा लागुऔषध लिने व्यक्ति बढी जोखिममा छन् । नियमित उपचार र औषधि सेवन गरेमा यसबाट बच्न सकिने श्रेष्ठले बताए ।

लामो समयदेखि एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको नवकिरण प्लसमा अहिलेसम्म ४११ संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितमध्ये धेरैजसो महिला छन् । संस्थामा आएकामध्ये २२१ महिला र १९० पुरुष सम्पर्कमा आएको नवकिरणकाका कार्यक्रम संयोजक देवेन्द्र शर्माले बताए । त्यसैगरी ३१ बालबालिका छन् । 

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको आर्थिक सहयोगमा बालबालिकाका लागि नगद वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । एचआइभी संक्रमित १८ वर्षमुनिका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक रु एक हजार दिँदै आएको शर्माले जानकारी दिए । 

सम्बन्धित समाचार

एआरटीको सहायताले सहज जीवनयापन गर्दै एचआइभी संक्रमित

डोटी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ ।

रोल्पामा ६७ जना एचआइभी संक्रमित

रोल्पा /  रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।  जिल्लामा हालसम्म यो रोगका कारण १५ को

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ ।  सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका

मोरङमा एचआइभी संक्रमितलाई उपचार खर्च

मोरङ । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रू. १० हजार उपचार खर्च उपलब्ध गराउने


z