• २०८१ बैशाख ४ मंगलबार

रसिया विश्वकपमा अर्जेन्टिना कठिन समुहमा 

kharibot

काठमाडौँ । आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा तुलनात्मक रुपमा अर्जेन्टिना रहेको समुह कठिन समुह देखिएको छ । यद्यपी समुह बि मा रहेका स्पेन र पोर्चुगलको चर्चा भइरहेपनि सो समुहमा रहेका अन्य टिम तुलनात्मक रुपमा कमजोर आँकिएको छ । 

त्यस्तै समुह जी मा परेका बेल्जियम र इङल्याण्ड सहित पानामा र ट्युनिसिया रहेकाले यो समुहलाई पनि कठिन समुहको रुपमा लिन सकिन्छ ।

तर अर्जेन्टिना रहेको समुह डी लाई यस विश्वकपको सबै भन्दा चासो व्यक्त भएको समुहको रुपमा लिन सकिन्छ । यस समुहलाई यस विश्वकपको ग्रुप अफ डेथ नै त नभनौ तर कठिन समुहको रुपमा लिन सकिन्छ । किनकी विश्वकप छनौटका खेललाई हेर्ने हो भने अर्जेन्टिना अन्तिम समयमा मेसीको जदुयी खेलका कारण रसिया पुगेको हो । 

अन्यथा अर्जेन्टिनाले आफ्नो वास्तविक पहिचान भन्दा निकै खराब खेल प्रस्तुत गरेको थियो । त्यस्तै यसै समुहको अर्को टिम क्रोसिया व्यक्तिगत रुपमा उत्कृष्ट खेलाडीहरु भएको टिम हो । अहिलेका उत्कृष्ट मिडफिल्डर लुका मोड्रीचको यो टिम बलियो टिमको रुपमा लिइन्छ । सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेर तेस्रो स्थान हासिल गरेको थियो । गत विश्वकपमा समुह चरणबाट बाहिरएको भएपनि अहिले राम्रो टिम मध्ये एक मानिन्छ । 

यसै समुहमा आइसल्याण्ड टिम खेलका लागि चिनिन्छ । गतवर्षको युरो कपमा क्वाटरफाइनल सम्म पुगेर चकित बनाएको युरोपको यो सानो देश विश्वकपमा भाग लिने सबै भन्दा कम जनसंख्या (३३७७८०) भएको देश हो । यस टिमले विश्वकप छनौटमा पनि आफ्नो समुहमा शिर्ष स्थानमा रहदै छनौट भएको थियो ।

त्यस्तै अफ्रिकी समुहबाट छनौट भएको अर्को देश नाइजेरिया पनि यस समुहको अर्को कठिन टिम मान्न सकिन्छ । यसरी मेसी भएको टिमका लागि कुनै टिम कठिन हुदैन तर विश्वकप जस्तो प्रतियोगितामा अर्जेन्टिना आफ्नो समुहमा परेका टिम देखि पक्कै खुशी छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै