• २०८१ बैशाख ५ बुधबार

यस्तो छ विश्वकप फुटबलमा ‘ग्रुप अफ डेथ’ को इतिहास, रसिया विश्वकपमा कुन समुह बन्यो ग्रुप अफ डेथ ?  

kharibot

काठमाडौँ । विश्वकप फुटबल भन्ने वित्तिकै कुन समुहमा को पर्यो र कसलाई सजिलो या गार्हो हुन्छ भन्ने विश्लेषण सुरु भइहाल्छ । 

आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेल आयोजक रसिया र साउदी अरबबीच हुने भएको छ । यसै बीच हामीले यस विश्वकप र पछिल्ला केहि विश्वकपका ‘ग्रुप अफ डेथ’ समुहका चर्चा गर्न खोजेका छौ । 

हुन् त पोर्चुगल र स्पेन एकै समुहमा छन् तर अन्य टिमको तुलनामा यो दुई टिम दोस्रो चरणमा सजिलै जाने अनुमान गरिएको छ । त्यस्तै इङल्याण्ड र बेल्जियम पन इएकै समुहमा परेका छन् । यस विश्वकपमा ग्रुप अफ डेथ भनेर सिधै भनि हाल्ने स्थिति नभएपनि अन्य समुहको तुलनामा समुह डी लाई ‘ग्रुप अफ डेथ’ मान्न सकिन्छ । 

यस समुहमा अर्जेन्टिना, क्रोसिया, नाइजेरिया र आइसल्याण्ड रहेका छन् । यस समुहमा गत युरो कपमा इङल्याण्ड र अस्ट्रियालाई पराजित गरेर क्वाटरफाइनल सम्म पुगेको आइसल्याण्डले ठुलो ‘सरप्राइज’ दिने क्षमता राख्ने टिम हो । युरोपको सानो यो देशले आगामी विश्वकपमा पनि ठुलो उलटफेर ल्याउने अनुमान सबैले गरेका छन् । 

त्यस्तै यस समुहको अर्को टिम नाइजेरिया अफ्रिकाको बलियो टिम हो । नाइजेरिया पाचौ पटक विश्वकपमा खेल्दै छ । यस टिमलाई पनि विश्वकपमा बलियो टिम मानिएको छ । यस टिमलाई चेल्सीका पुर्वमिडफिल्डर जोन ओबि मिकेलले नेतृत्व गरेका छन् । त्यस्तै यस टिममा आर्सनलबाट खेल्ने २१ बर्षिय एलेक्स इओबी, त्यस्तै हाल लेस्टर सिटीबाट खेल्ने म्यान्चेस्टर सिटीका पुर्व फरवार्ड केलेची इहेनाचो जस्ता खेलाडी रहेका छन् । क्रोसियाले पनि छनौट चरणमा राम्रो खेल प्रदर्शन गर्दै आफु बलियो टिम भएको प्रमाणित गरेको छ । 

छनौट चरणमा संघर्षपूर्ण यात्रा तय गरेर रसिया पुगेको अर्जेन्टिनाले आफ्नो खेलमा व्यापक सुधार गर्नु पर्ने देखिन्छ । स्टार खेलाडीहरुले भरिएको अर्जेन्टिनाको पछिल्ला प्रदर्शनले दर्शकहरुलाई निकै निराश बनाएको थियो । लियोनेल मेसीमाथि भर पर्दा टिमका अन्य खेलाडीहरुको प्रदर्शन ओझेलमा पनि परेको छ । आफ्नो क्षमता अनुसार प्रदर्शन गरे अर्जेन्टिना यस समुहबाट सजिलै दोस्रो चरणमा पुग्न सक्छ अन्यथा आइसल्याण्ड र नाइजेरियाको ‘सरप्राइज फ्याक्टर’ को शिकार अर्जेन्टिना हुन् सक्दछ ।

यसअघिका ग्रुप अफ डेथ समुह :

विश्वकप फुटबलको इतिहासलाई हेर्ने हो भने सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समुह ई ग्रुप अफ डेथ मानिएको थियो । यो समुहमा इटाली, मेक्सिको, रिपब्लिक अफ आयरल्याण्ड र नर्वे रहेका थिए । यस समुहमा सबै टिमले ४, ४ अंक हासिल गरेपछि मेक्सिको, रिपब्लिक आयरल्याण्ड र इटाली पहिलो, दोस्रो र तेस्रो हुदै दोस्रो चरणमा प्रवेश गरेका थिए । सो विश्वकपमा इटाली फाइनलमा ब्राजिलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । पहिलो पटक विश्वकपको उपाधि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो ।

त्यस्तै सन् १९९८ मा फ्रान्समा भएको विश्वकप फुटबलमा समुह जी ग्रुप अफ डेथ रहेको थियो । यस समुहमा रोमानिया, इङल्याण्ड, कोलोम्बिया र ट्युनिसिया रहेका थिए । यस समुहबाट रोमानिया र इङल्याण्ड समुहमा पहिलो र दोस्रो हुदै दोस्रो चरणमा प्रवेश गरेका थिए । ब्राजिललाई हराउदै यस विश्वकपमा फ्रान्सले विश्वकप जितेको थियो ।

त्यसपछि सन् २००२ मा जापान र कोरियामा आयोजित विश्वकपमा समुह एफ ग्रुप अफ डेथ रहेको थियो । यस समुहमा चर्चित प्रतिद्वन्दी इङल्याण्ड, अर्जेन्टिना स्विडेन र नाइजेरिया रहेका थिए । यस समुहबाट स्विडेन ५ अंक सहित समुहमा शिर्ष स्थान हासिल गर्दै दोस्रो चरणमा गएको थियो भने इङल्याण्ड पनि ५ अंक सहित दोस्रो हुदै दोस्रो चरणमा पुगेको थियो । अर्जेन्टिना भने पहिलो चरणमा नै बाहिरिएको थियो । यस विश्वकपमा ब्राजिलले जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसपछि सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा समुह ई ग्रुप अफ डेथ रहेको थियो । यस समुहमा इटाली, घाना, चेक गणतन्त्र र अमेरिका रहेका थिए । यस समुहबाट इटाली ७ अंकसहित समुहमा पहिलो हुदै अर्को चरणमा गएको थियो भने घाना ६ अंक सहित दोस्रो हुदै अर्को चरणमा गएको थियो । चेक गणतन्त्र र अमेरिका पहिलो चरणबाटै बाहिरिएका थिए । यो विश्वकप इटालीले फ्रान्सलाई पराजित गर्दै जितेको थियो ।

त्यसपछि सन् २०१० मा दक्षिण अफ्रिकामा योजना भएको विश्वकपमा समुह एच ग्रुप अफ डेथ रहेको थियो । यस समुहमा स्पेन, चिली, स्विटजरल्याण्ड र होन्डुरस रहेका थिए । यससमुहबाट स्पेन र चिली पहिलो र दोस्रो हुदै अर्को चरणमा प्रवेश गरेका थिए भने स्विटजरल्याण्ड र होन्डुरस पहिलो चरणबाटै बाहिरिएका थिए । यो विश्वकप नेदरल्याण्डलाई पराजित गर्दै स्पेनले जितेको थियो ।

सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकप फुटबलमा समुह जी ग्रुप अफ डेथ रहेको थियो । यस समुहमा जर्मनी, अमेरिका, पोर्चुगल र घाना रहेका थिए । यस समुहबाट जर्मनी र अमेरिका दोस्रो चरणमा गएका थिए भने पोर्चुगल र घाना पहिलो चरणमै बाहिरिएका थिए । यो विश्वकप अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले जितेको थियो ।
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै