कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

खरीबोट
ad

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित बजनीमा एक पशुपालक कृषक दम्पतीको बिभत्स हत्या भएको छ । 

गाई पालन व्यावसाय गर्दै आएका ३६ वर्षिय दिपक सुवेदी र उनकी श्रीमती ३२ वर्षिया दीपा सुवेदी को हत्या भएको हो ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिवार विहान फेला परेको हो । श्रीमतीको शव गाई फारम भित्र उनीहरु सुत्ने कोठामा र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ चोट लागेको छ ।

घरेलु हात हतियार चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको छ ।

सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घर मैं सुतेका थिए । बिहान गाईहरु धेरै कराए पछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् । उनीहरुको गाई फारम घर भन्दा करिब पाँच सय मिटर टाढा खेतको बिचमा एकान्तमा छ । हत्या पछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको हुँन सक्ने प्रहरीको अनुमान छ ।

बिहान करिब ७ बजे गाउँलेबाट प्रहरीलाई खवर भए पछि ईलाका प्रहरी कार्यालय , सिमरा र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना स्थललाई सुरक्षा घेरामा राखी अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागि मकवानपुरबाट तालिम प्राप्त कुकुर ल्याई घटना स्थलमा परिचालित गरिएको छ ।

हत्या अनुसन्धानको लागि काठमाण्डौंबाट केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) को टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । दम्पति सुवेदीका सन्तानमा एक १३ बर्षिय छोरी आर्जु सुवेदी र एक १० बर्षिय छोरा आर्जन सुवेदी छन् ।
 

सम्बन्धित समाचार

मापसे गरेर श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर /  विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया

निर्मला हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

काठमाडौँ। निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी

दुई नावालक छोराको हत्यापछि आत्महत्या

बारा। बारामा ३२ बर्षिय बाबुले दुई नावालक छोराको हत्या गरी आँफुले आत्महत्या गरेका छन् । जीतपुरसिमरा उप–महानगरपालिका ४ औराहा बस्ने ३२ बर्षिय सुरेन्द्र रामले आफ्ना दुई नावालक छोराहरु पाँच वर्षिय सुविन

गुल्मीमा श्रीमानले गरे श्रीमतीको हत्या

गुल्मी। गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली


z