• २०८१ बैशाख ७ शुक्रबार

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित बजनीमा एक पशुपालक कृषक दम्पतीको बिभत्स हत्या भएको छ । 

गाई पालन व्यावसाय गर्दै आएका ३६ वर्षिय दिपक सुवेदी र उनकी श्रीमती ३२ वर्षिया दीपा सुवेदी को हत्या भएको हो ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिवार विहान फेला परेको हो । श्रीमतीको शव गाई फारम भित्र उनीहरु सुत्ने कोठामा र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ चोट लागेको छ ।

घरेलु हात हतियार चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको छ ।

सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घर मैं सुतेका थिए । बिहान गाईहरु धेरै कराए पछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् । उनीहरुको गाई फारम घर भन्दा करिब पाँच सय मिटर टाढा खेतको बिचमा एकान्तमा छ । हत्या पछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको हुँन सक्ने प्रहरीको अनुमान छ ।

बिहान करिब ७ बजे गाउँलेबाट प्रहरीलाई खवर भए पछि ईलाका प्रहरी कार्यालय , सिमरा र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना स्थललाई सुरक्षा घेरामा राखी अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागि मकवानपुरबाट तालिम प्राप्त कुकुर ल्याई घटना स्थलमा परिचालित गरिएको छ ।

हत्या अनुसन्धानको लागि काठमाण्डौंबाट केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) को टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । दम्पति सुवेदीका सन्तानमा एक १३ बर्षिय छोरी आर्जु सुवेदी र एक १० बर्षिय छोरा आर्जन सुवेदी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै