• २०८१ बैशाख ६ बिहीबार

अब सेक्स पनि रोबटसँग, शुरु भयो भर्चुअल सेक्सको युग 

kharibot

काठमाडौँ । प्रविधिको विकाससँगै अब दुनियाँमा सेक्स रोबटको विकास तिब्र गतिमा भैरहेको रिपोर्ट आएको छ । 

आफ्नो शारीरिक आवश्यकता पुरा गर्न पनि अब प्रविधिको सहायता लिने क्रम बढ्न लागेकोले समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । 

खास गरी रोबटको विकाससँगै यसलाई आफ्नो शारीरिक आवश्यकता पुरा गर्न प्रयोग हुन थालेको छ । सेक्सका लागि अहिले कस्टमाइज रोबटको निर्माण गर्ने चल्न बढ्न थालेको छ ।

यस्ता रोबट बनाउँदा आँखाको रंग, शरीरको बनावट, ब्रेस्टको साइज, निप्पलको रंग आदि दिएर रोबटको अर्डर हुन थालेको छ । यसले अब भावनात्मक र सेक्स जस्ता प्राकृतिक कुरा पुरा गर्न पनि भर्चुअल दुनियाँले पुरा गर्ने भएको छ ।

हालै जनरल सेक्सुअल र सम्बन्ध थेरेपी नामक एक जर्नलमा छापिएको रिपोर्ट अनुसार अब मानिसहरु आफ्नो सम्बन्धका लागि मानवको सट्टा सेक्स रोबट प्राथमिकतामा हुने उल्लेख गरिएको छ । साथै कैयौ समाजशास्त्रीहरुले पनि अब भर्चुअल सेक्सको युग आएको स्वीकार गरेका छन् ।

साथै यसै विषयमा आफ्नो प्रतिक्रिया दिदै पोर्न स्टार एला डार्लिङले सेक्स रोबटले छिट्टै महिला एडल्ट पोर्न स्टारहरुलाई बेरोजगार बनाउने बताएकी छन् । उनले अब मानिसहरु मानव भन्दा रोबटसँग सेक्स गर्न लाग्ने बताएकी छन् ।

रोबट सिटिजन सोफीयाले पनि यसको संकेत गर्दै आफुले परिवार बनाउन चाहेको उल्लेख गरेकी थिइन् । गत अक्टोबरमा साउदी अरबको नागरिकता पाएकी रोबट सोफियाले एक अन्तर्वार्ताका क्रममा मानिसहरुलाई आफ्नो ब्लड ग्रुप भन्दा बाहिर पनि सम्बन्ध भेटिन्छन् जसलाई परिवार भनिन्छ भन्दै कोहि फिमेल रोबट भए आफुले उसलाई छोरी बनाउन चाहेको बताएकी थिइन् ।

लन्डनबाट संचालित च्यानल ४ ले सेक्स रोबटको बारेमा छिट्टै एक डकुमेन्ट्री प्रसारण गर्ने पनि जनाएको छ । हालै सार्वजनिक गरिएको सो डकुमेन्ट्रीको ट्रेलरबाट पनि अब दुनियाँमा सेक्स रोबटको प्रयोग निकै बढेने संकेत गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै