चितवनका ४१ हजार जनाले गरे स्वास्थ्य बीमा

खरीबोट

फाइल तस्बिर (इन्टरनेट) ।

ad

चितवन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो । हालसम्म आठ हजार परिवारका ४१ हजारले बीमा गराएको जिल्ला प्रबन्धक सिर्जना पौडेलले बताइन् ।

अन्य जिल्लाको तुलनामा छोटो समयमा चितवनमा धेरैले बीमा गराएको पौडेलले बताए । जिल्लामा १ सय ३५ जना अभिकर्तामार्फत बीमा गराउने काम भइरहेको छ । पौडेलका अनुसार अभिकर्ताले एक महिनामा रु ५० हजारसम्म आम्दानी गरेका छन् । पाँचजनासम्मको परिवारलाई वार्षिक रु दुई हजार ५०० र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप गर्नुपर्ने हुन्छ ।

संकलित रकममध्ये अभिकर्ताले १० प्रतिशत पाउँछन् । बीमा गरेका परिवारले पाँचजनाको वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति रु १० हजारसम्मको बीमा रकम थपिने छ । जसमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ ।

जिल्लाको भरतपुर अस्पताल, दुई मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, गुञ्जमान सिंह अस्पताल टाँडी, बघौंडा अस्पताल माडी, शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु हुन् भने रिफर अस्पतालका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पताल रहेका छन् ।

थोरै रकमबाट ढुक्कसँग रु ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको हो ।

सम्बन्धित समाचार

भारतमा विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” आरम्भ

नयाँदिल्ली। भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् ।  “मोदीकेयर” उपाधि

चितवनमा दुई महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन। भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरमा सिटीहल बन्दै

चितवन । भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको नेपाली काँग्रेसले विरोध