• २०८१ बैशाख १३ बिहीबार

अक्षय कुमार र रजनीकान्तलाई कंगना र टाइगरको 'काउन्टर'

kharibot

बलिउड / बहुप्रतीक्षित फिल्म २.० को प्रदर्शन मिति यसअघि नै सार्वजनिक भइसकेको छ । २.० अप्रिल महिनाको २७ तारिखका दिन हलमा लाग्ने भएको भारतीय चलचित्र क्षेत्रका एक व्यापार विश्लेषक तारन आदर्शले ट्वीटरमार्फत घोषणा गरेका थिए । उनले फिल्मलाई मेगा प्रोजेक्ट भनेका छन् ।

तर, यतिबेला बलिउडका युवास्टार कलाकार टाइगर श्राफको चलचित्र र बलिउडकी अर्की चर्चित नायिका कंगना रनावतको फिल्म पनि अक्षय कुमार र रजनीकान्त अभिनीत फिल्म २.० सँग जुधेको बताइएको छ ।

कंगनाको मनिकर्णिका ः झासीकी रानी र टाइगर श्राफको बागी २ लाग्ने भएका हुन् । रजनीकान्त र अक्षय कुमारको फिल्म २.० सँग जुध्नलागेका तीनवटै फिल्म दर्शकको प्रतीक्षाका फिल्म हुन् । टाइगरका फ्यान र कंगनाका पनि त्यतिकै फ्यान रहेका छन् भने रजनीकान्त र अक्षय आ— आफ्नै ठाउँमा निकै उचाइका पात्र हुन् ।

अब यी प्रतिष्ठित कलाकारहरुको फिल्म एक आपसमा जुध्ने भएपछि यिनीहरुबीचको रोचक भिडन्त देखिनेछ । जसमा कसले बाजी मार्ने हो, त्योचाहिँ फिल्म लागेपछि नै थाहा होला ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै