संसद् बैठकमा अष्ट्रेलियाली सांसदले गरेको बिहे प्रस्ताव 'एस' भनेर पारित !

खरीबोट

अष्ट्रेलिया । एक अष्ट्रेलियाली समलिंगी सांसद्ले संसदभित्रै आफ्नो समलिंगी साथीलाई विवाहको प्रस्ताव गरेका छन् । समलैंगिक विवाहलाई भर्खरै मान्यता दिएको अष्ट्रेलियाको संसदभित्रै यस्तो रोचक परिदृश्य देखिएको हो ।

सेप्टेम्बरमा संसद्ले यस्तो विवाहलाई मान्यता दिएको थियो । अहिले उक्त मान्यतालाई लिएर तल्लो सदनमा बहस भइरहेको छ भने यसै हप्ता उक्त कानुन पारित हुने देखिएको छ । संसद्को लिबरल सदस्य टिम विल्सनले आफ्नो साथी रायन बोल्गरलाई राजधानी क्यानबेरामा रहेको संसद भवनभित्रै विवाह प्रस्ताव गरेका हुन् । उनीहरुले यसअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनले गरेको प्रस्तावलाई साथी रायनले एस भनेर स्वीकारेका थिए ।

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कल्म टर्नबुलको सरकारको नेतृत्वकर्ता लिबरल दल र विपक्षी लेबर दलले उक्त बिल पास गर्ने प्रतिबद्धता जनाएका छन् । यो कानुन बनेपछि समलैंगिक विवाहले अष्ट्रेलियामा पूर्णतया मान्यता पाउनेछ ।

सम्बन्धित समाचार

'जात्रै जात्रा' अष्ट्रेलियामा ३५ लाखमा बिक्रि  

काठमाडौँ। चलचित्र 'जात्रै जात्रा'को टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो ।  होर

अष्ट्रेलियालाई पराजित गर्दै एकदिवसीय सिरिज दक्षिण अफ्रीकाको कब्जामा

काठमाडौँ। दक्षिण अफ्रीकाले अष्ट्रेलियालाई तेस्रो एकदिवसीय क्रिकेटमा ४० रनले पराजित गरेको छ। आइतबार भएको तेस्रो एकदिवसीय खेलमा जित हासिल गर्दै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा २-१ को कब्जा जमाएको छ।  दक्षिण

सुलभ मास्के अष्ट्रेलियाको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौँ । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट

नेपालले अष्ट्रेलियामा हुने टि-२० विश्वकपको छनौट खेल खेल्ने, यस्तो छ खेल तालिका  

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको पूर्वी एशिया उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । टि-२० विश्वकप २०२० अक्टोबर १८ बाट अष्ट्रेलियामा आयोजना हुनेछ । यसैबीच


z