• २०८१ बैशाख ६ बिहीबार

संसद् बैठकमा अष्ट्रेलियाली सांसदले गरेको बिहे प्रस्ताव 'एस' भनेर पारित !

kharibot

अष्ट्रेलिया । एक अष्ट्रेलियाली समलिंगी सांसद्ले संसदभित्रै आफ्नो समलिंगी साथीलाई विवाहको प्रस्ताव गरेका छन् । समलैंगिक विवाहलाई भर्खरै मान्यता दिएको अष्ट्रेलियाको संसदभित्रै यस्तो रोचक परिदृश्य देखिएको हो ।

सेप्टेम्बरमा संसद्ले यस्तो विवाहलाई मान्यता दिएको थियो । अहिले उक्त मान्यतालाई लिएर तल्लो सदनमा बहस भइरहेको छ भने यसै हप्ता उक्त कानुन पारित हुने देखिएको छ । संसद्को लिबरल सदस्य टिम विल्सनले आफ्नो साथी रायन बोल्गरलाई राजधानी क्यानबेरामा रहेको संसद भवनभित्रै विवाह प्रस्ताव गरेका हुन् । उनीहरुले यसअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनले गरेको प्रस्तावलाई साथी रायनले एस भनेर स्वीकारेका थिए ।

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कल्म टर्नबुलको सरकारको नेतृत्वकर्ता लिबरल दल र विपक्षी लेबर दलले उक्त बिल पास गर्ने प्रतिबद्धता जनाएका छन् । यो कानुन बनेपछि समलैंगिक विवाहले अष्ट्रेलियामा पूर्णतया मान्यता पाउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै