कतारमा बिचल्लीमा परेकी खोटाङकी युवतीलाई नेपाल पठाइयो

खरीबोट

खोटाङ / चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।

कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएकी थिइन् ।

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा परेकी थिइन् । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग मागेकी थिइन् ।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी मनराखी खाली हात नेपाल फर्किएकी हुन् । ऋण काँढेर कतार पुगेकी उनी उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ ।

सम्बन्धित समाचार

खोटाङमा चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको

खोटाङमा अवरुद्ध मोबाइल सेवा डेढ वर्षपछि शुरु

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ ।  रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि आजबाट शुरु भएको हो ।  केपिलासगढी गाउँपालिका–१

दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् ।  दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय

जनप्रतिनिधिलाई एकै किसिमको लोगो र पोशाक

खोटाङ / जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ ।  पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको


z