• २०८१ बैशाख ६ बिहीबार

अर्जेन्टिनामा लियोनेल मेसीको सालिक दोस्रो पटक तोडफोड 

kharibot

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको सालिक फेरि तोडफोड गरीएको छ । अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त सालिकलाई अज्ञात व्यक्तिहरुले तोडफोड गरेको बताइएको छ ।

यसअघि कोपा अमेरिकाको फाइनलमा पराजयपश्चात सन्यासको घोषणा गरेका मेसीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा मेयर होरासियो रोड्रिगेज लारेटाले मेसीको सालिक अनावरण गरेका थिए । रियो डि ला प्लाटाको तटमा रहेको उक्त सालिकलाई तोडेर लडाइएको छ । 

यस अघि जनवरीमा पनि सोहि सालिक गतबर्ष जनवरीमा पनि मेसीको सोहो सालिक तोडफोड गरिएको थियो । 

मेसीको सो सालिक टेनिसका महान खेलाडी गाब्रेला सबाटिनी, गुइलेर्मो भिलास, बास्केटबल खेलाडी मनु जिनोबिलो, मोटरस्पोर्ट्स खेलका हिरो जऊन मनुअल फंगियोसँग सँगै राखिएको छ ।

स्वदेशमा नै यसरी मेसीको सालिकमाथि पटकपटक आक्रमण भएपछि उनका फ्यानहरू पनि आक्रोशित बनिरहेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै