• २०८१ बैशाख ६ बिहीबार

हास्य अभिनेता कपिल शर्माको फिरंगी बक्स अफिसमा ‘फ्लप’

kharibot

मुम्बई । बलिवुडका चर्चित हास्य अभिनेता कपिल शर्माले निर्माण तथा अभिनय गरेको फिल्म फिरंगी भारतीय बक्स अफिसमा फ्लप भएको छ । 

गत शुक्रवारबाट प्रदर्शनमा आएको उनको फिल्म ‘फिरंगी’ बक्स अफिसमा असफल भएको भारतीय फिल्म समिक्षकहरुले बताएका छन् । अहिले चौथो दिन प्रदर्शन भैरहेको फिल्म फिरंगी हेर्न फिल्म हलमा दर्शकहरु अति न्यून रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

‘फिरंगी’ले सुरुवातको तीन दिनमा केबल ७ करोडको हाराहरीमा कलेक्सन गरेको छ । करिब २५ करोडको लगानीमा बनेको फिरंगीले आफ्नो लगानी उठाउन समेत नसक्ने सुरुवाती बक्स अफिस कलेक्सनले देखीएको छ ।

यसभन्दा अगाडि कपिलले २०१५ मा फिल्म 'किस किसको प्यार करूं'बाट बलिउडमा डेब्यू गरेका थिए र यो फिल्मलाई दर्शकले खुब रुचाएका थिए । 

यो फिल्मले बक्स अफिसमा ५० करोड भारतीय रुपैयाँको विजनेश गरेको थियो । तर, ‘फिरंगी’ले तीन दिनमा त्यति पनि कमाउन सकेन जति 'किस किसको प्यार करूं'ले एक दिनमा कमाएको थियो । 

‘फिरंगी’ कपिलको दोस्रो फिल्म हो, जसलाई राजीव ढिंगराले निर्देशन गरेका हुन् । यो फिल्ममा कपिलसँगै अभिनेत्री ईशिता दत्ता र मोनिका गिलको पनि मुख्य भूमिका छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै