• २०८१ बैशाख ७ शुक्रबार

सामसुङको नयाँ फोन ग्यालेक्सी ए८प्लसबारे खुलासा

kharibot

ग्यालेक्सी ए८प्लस(२०१८)

प्रविधि । सामसुङले सबैभन्दा पहिला इन्फिनिटी डिस्प्लेवाला स्मार्टफोन बनाएको थियो । यसपछि सबैजसो कम्पनीहरुले यो फिचरलाई आफ्नो फोनमा पनि राख्न सुरु गरेका थिए । सामसुङले यस्तै खाले अर्को रणनीति नयाँ वर्ष २०१८ मा अपनाउने भएको छ ।

एक वेबसाइटमा सामसुङको नयाँ मोबाइलबारे नयाँ खुलासा भएको छ । सामसुङ ग्यालेक्सी ए८प्लसको मोडलमा पनि ग्यालेक्सी ए सिरिजकै इन्फिनिटी डिस्प्ले हुने खुलासा भएको हो । सोही कारण यसको मूल्य पनि महंगो हुने देखिएको छ । लिक भएको पहिलो तस्बिरमा यो फोन इन्फिनिटी डिस्प्लेवाला हुनेछ भने दोस्रो तस्बिरअनुसार फोनको नाम ग्यालेक्सी ए८प्लस(२०१८) हुनेछ ।

यद्यपि यो फोनको एक्स्पेक्ट रेसियोको कुनै जानकारी नदिइए पनि १८ः५ः९ हुनसक्ने बताइएको छ । ग्यालेक्सी नोट ८ मा जस्तै यसमा पनि ड्युल ब्याक क्यामरा र फिंगरप्रिन्ट सेन्सरजस्तै फिचर हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै