आँखाको सेतो भागमा टाटु खोपाउँदा आँखै फाल्नुपरेपछि यी मोडल तनावमा

खरीबोट

तस्बिर : मिरर युके/फेसबुक

उत्तर अमेरिका । क्यानडाको ओट्टावाकी एक मोडलले आँखामै टाटु खोपाएर चर्चित बन्ने प्रयास गर्दा आँखै फाल्नुपर्ने अवस्था आएको छ । क्याट ग्यालिंगर नामकी यी मोडलले आँखाको नानीबाहिरको भाग स्क्लेरामा टाटु खोपाउँदा यस्तो अवस्था आएको हो ।

स्क्लेरा टाटु भन्नाले आँखाको नानीबाहेकको सेतो भागमा रंग खोपाउने भन्ने बुझिन्छ । क्याटको आँखामा टाटु खोपाउने क्रममा तरिका गलत हुँदो भयावह स्थिति आएको हो । टाटु खोपाएपछि उनको दृष्टि नै धमिलो र नदेखिने भएको छ ।

उनको आँखाबाट प्याजी मसी चुहिएको छ भने स्थायी रुपले नै दृष्टि गुम्नपुगेको छ । उनले आफ्नो फेसबुकमा तस्बिरहरु समेत पोष्ट गरेकी छिन् ।

टाटुले आँखाको दृष्टि नै बर्बाद पारेका कारण अब उनी आँखा नै फाल्न लागिपरेको बुझिएको छ । सोही कारण उनको मानसिक स्वास्थ्य समेत खलबलिन पुगेको छ ।

सम्बन्धित समाचार

मधुमेह दिवस : मधुमेहले पुर्याउँछ आँखामा असर

काठमाडौँ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच

चित्रकारको आँखामा खोकनाका दृष्य  

खोकना, ललितपुर। ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ ।  विगतका वर्षभन्दा उत्पादनमा केही

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर। घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ ।  दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर


z