मेसीले बार्सिलोनाका लागि म्यान्चेस्टर सिटीको लोभलाग्दो अफर छोडेको खुलासा 

खरीबोट
ad

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनेल मेसीले इङलिश क्लब म्यान्चेस्टर सिटीको लोभ लाग्दो अफर छोडेको रिपोर्ट बाहिरिएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार सिटीले मेसीलाई एक सय मिलियन युरो साइनिंग बोनस र बार्षिक ५० मिलियन युरो दिने गरी अफर गरेको खुलेको छ ।

तर मेसीले म्यान्चेस्टर सिटीको यो अफरलाई छोडेर बार्सिलोनामा नै आफ्नो सम्झौता नवीकरण गरेको मार्काले उल्लेख गरको छ । मेसीलाई सो अफर सिटीका मालिक शेख मन्सुरले बिना कुनै एजेन्टको सहयोग बिना सिधै गरेको दाबि गरिएको छ ।

सिटीको यसै अफरलाई ध्यानमा राख्दै मेसीलाई बार्सिलोनाले बार्षिक ५० मिलियन न्युनतम तलब दिने गरी सम्झौता नवीकरण भएको मार्काले उल्लेख गरेको छ । धेरै तलब पाउने हिसाबले अहिले मेसीले रोनाल्डो र नेइमारलाई पनि उछिनेका छन् ।

बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गरेपछि अब मेस्सी एकै क्लबमा खेल्ने खेलाडी भएका छन् । उनले सन् २०२१ सम्म बार्सिलोनाका लागि सम्झौता गरेका छन् र क्लबले उनीमाथि गरेको लगानी अनुसार प्रदर्शन पनि गरिरहेका छन् । मेसी यस सिजनमा ला लिग मा शिर्ष गोल कर्ता रहेका छन भने बार्सिलोना पनि ला लिगामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले राम्रो प्रदर्शन गरिरहेको छ । बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल आजै राती पोर्चुगलको क्लब स्पोर्टिंगसँग खेल्दै छ ।    
 

सम्बन्धित समाचार

मेसी तीन साता मैदान बाहिर 

बार्सिलोना। अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् ।  बार्सिलोनाका कप्तान समेत रहेका मेसी क्याम्प नाउमा सेभियाबिरुद्धको खेलमा

सेभिलाविरुद्ध बार्सिलोनाको शानदार जित, घाइते मेसीले एल क्लासिको गुमाउने  

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिलालाई पराजित गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेभिलालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनासँगको यो हार सँगै सेभिलाको लगातार ४ खेलमा जितको सिलसिलाको अन्त्य

मेसी बिनाको अर्जेन्टिना ब्राजिलसँग हार्यो 

काठमाडौँ। ब्राजिलले आफ्नो परम्परागत प्रतिद्वन्दी अर्जेन्टिनालाई पराजित गरेको छ। हाल युएइमा रहेका दुवै टिमबीचको भएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १-० गोल अन्तरले पराजित गरेको छ।  ब्राजिलले खेलको अन्तिम मिनेटमा जोआओ मिरांडाको गोलमा

मेसीबिना अर्जेन्टिनाको इराकमाथि सजिलो जित

काठमाडौँ।  लियोनेल मेसी  खेलिरहेको अर्जेन्टिनाले मैत्री खेलमा इराकलाई ४-० ले पराजित गरेको छ । गएराती भएको खेलमा अर्जेन्टिनको जितमा लाउटारो मार्टिनेज, रोबेर्टो पेरेयेरा, गर्मन पेजेला र फ्रान्को केर्भीले एक एक  थिए। विश्वकपमा नराम्रो पराजयपछि


z