भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्विरोध

खरीबोट
ad

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । 

सो पदमा गान्धीको मात्र उम्मेद्वारी परेपछि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । 

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष रहेकी छन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन् । 
स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । 

राहुल गान्धी पछिल्लो पाँच बर्षदेखी पार्टीको उपाध्यक्ष रहेका छन् ।  आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । 

सोमबार साँझसम्म उनी बाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेकी थिइन् ।  
 

सम्बन्धित समाचार

राहुल गान्धी किन आए काठमाडौँ ? यस्तो छ कारण 

काठमाडौँ।  भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । अनौपचारिक रुपमा एक्कासी राहुल गान्धी काठमाडौँ आएको खबरले एकछिन तरंगित भयो।  किनकी  प्रधानमन्त्री नरेन्द्र मोदी पनि शुक्रबार काठमाडौँमै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धी दुवै काठमाडौँमा  

काठमाडौँ।  भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । मानसरोवर यात्राका लागि निजी भ्रमणका क्रममा गान्धी काठमाडौं आइपुगेको बताइएको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका गान्धी भोलि बिहान

राहुल गान्धीले भारतको संसदमै गरे प्रधानमन्त्री मोदीलाई अंकमाल

नयाँदिल्ली  ।  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ ।  भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेटवार्ता गरे ।  त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका


z