नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

खरीबोट

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ । 

मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको जानकारी दिए । 

कूल रु एक अर्ब ५३ करोडको लागतमा निर्माण हुने भ्यू टावरबाट आठवटा हिमशृङ्खला देख्न सकिने, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड, चारवटा लिफ्ट, लक्जरी रुम र दशौँ तलामा रिभोलिङ अर्थात् घुम्ने रेस्टुरेन्टको समेत व्यवस्था गरिने नगरप्रमुख मिश्रको भनाइ थियो । 

सार्वजनिक निजी साझेदारीको अवधारणामा यसै वर्षदेखि निर्माण शुरु गरिने उक्त भ्यू टावरसहितको होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २० देखि ३० वर्षसम्मका लागि लगानी गर्ने प्राइभेट कम्पनीलाई दिएर नगरपालिकाको स्वामित्वमा आउने गरी व्यवस्थापन मिलाइएको छ । 

सांस्कृतिक संग्रहालय, सपिङ सेन्टर, मूर्तिकला कला तथा हस्तकला, सभा हल, फिटनेस सेन्टर, लक्जरी रुम, सूर्योदय हेर्ने भ्यू टावर, पौडीपोखरीलगायतको संरचना रहनेछन् । कूल एक लाख ५० हजार वर्गफिट क्षेत्रफलमध्ये १४ हजार ५०० वर्गफिट क्षेत्रफलमा संरचना निर्माण हुने साई संकेत नेपालका अध्यक्ष गोकर्ण खनालले जानकारी दिए । 

कार्यक्रममा आर्किटेक अमृता पराजुलीले लिफ्टको प्रयोगबिना कुनै पनि तलामा जान नमिल्ने र चौथो तलाभन्दा माथिको संरचनामा जान लिफ्टको अनिवार्य प्रयोग गर्नुपर्ने, कोठामै बसेर दृश्य अवलोकन गर्न सकिने र सिधै भ्यू टावरमा जानका लागि छुट्टै लिफ्टको व्यवस्था गरिएको बताए । 

सम्बन्धित समाचार

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क, व्यवसायीद्वारा विरोध

भक्तपुर। नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा आज नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् ।  नगरकोट घुम्न आउने पर्यटकसँग चाँगुनारायण नगरपालिका

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीय स्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा

तरुण दलको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला नगरकोटमा 

भक्तपुर । नेपाल तरुण दलको जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आजबाट भक्तपुरको नगरकोटमा सुरु भएको छ ।  भेलामा देशको समसामयिक राजनीति र तरुण दलको संगठन विस्तारका विषयमा छलफल हुने तरुण दलका महासचिव भुपेन्द्र

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ ।  मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले


z