• २०८१ बैशाख ११ मंगलबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै 

kharibot

फाइल तस्बिर

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । आबुधावीको शेख जायेद रंगशालामा नेपाली समयअनुसार खेल आज सवा ११ बजेदेखि सुरू हुदै छ ।

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।

करिब एक महिनाको प्रशिक्षण पछि युएई पुगेको नेपाली टिमको यो लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा रहेको छ । नेपाली कप्तान पारस खड्काले युएई विरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको बताएका छन् । उनले युएईसँगको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको भन्दै नेपाली टिम राम्रो बाटोमा रहेको तथा नेपालको पक्षमा नजिता बिस्तारै आउने समेत बताएका छन्।

झन्डै साढे ३ वर्षपछि नेपाल र युएईबीच एकदिवसीय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र युएईबीच मे २०१४ मा एसिसि प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो। त्यसपछि जनवरी २०१४ मा भएको आइसिसी विश्वकप छनोटको खेलमा युएईले नेपाललाई १ सय २ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपालले पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेफ्मी जस्ता सिनियर खेलाडीलाई आराम दिएको थियो । अमेरिकासँगको पहिलो अभ्यास खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो अभ्यास खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै