• २०८१ बैशाख ८ शनिबार

नेपाल र युएईबीच खेल सुरु, नेपालले ब्याटिंग गर्दै (लाइभ भिडियो)

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । आबुधावीको शेख जायेद रंगशालामा हुने खेलमा नेपालले टस हारेर ब्याटिंग गरिरहेको छ  ।

युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । खेलमा नेपालले पहिला ब्याटिंग गरेको हो ।

युएईविरुद्धको खेलमा नेपालका तर्फबाट पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेस्वाकर, बिनोद भण्डारी, सोमपाल कामि, मोहमद असिफ शेख, सन्दीप लामिछाने, दिलिप नाथ र ललित भण्डारी खेल्दै छन् ।  

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।

करिब एक महिनाको प्रशिक्षण पछि युएई पुगेको नेपाली टिमको यो लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा रहेको छ । नेपाली कप्तान पारस खड्काले युएई विरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको बताएका छन् । उनले युएईसँगको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको भन्दै नेपाली टिम राम्रो बाटोमा रहेको तथा नेपालको पक्षमा नजिता बिस्तारै आउने समेत बताएका छन्।

अभ्यास खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो अभ्यास खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै