• २०८१ बैशाख ११ मंगलबार

एसेज सिरिजको दोस्रो खेलमा अस्ट्रेलिया १२० रनले विजयी, सिरिजमा २-० ले अगाडी

kharibot

काठमाडौँ । अस्ट्रेलियामा जारी एसेज सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई १२० रनले पराजित गरेको छ । यो जितसँगै अस्ट्रेलियाले सिरिजमा २-० को बढ्त बनाएको छ । 
अस्ट्रेलियाले दिएको ३५४ रनको लक्ष्य पछ्याउने क्रममा इङल्याण्ड खेलको पाचौ दिन २३३ रनमा अलआउट भएपछि अस्ट्रेलियाले खेल १२० रनले जितेको थियो । इङल्याण्डलाई अलआउट गर्ने क्रममा अस्ट्रेलियाका बलर मिचेल स्ट्राकले ५ विकेट लिएका थिए भने नाथन लियोन र हेजलवुडले २, २ विकेट लिएका थिए । इङल्याण्डका लागि कप्तान जोए रुटले सर्वाधिक ६७ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । 

यसअघि टस जितेर हारेर पहिला बय्टिंग गरेको अस्ट्रेलियाले पहिलो इनिंगमा ८ विकेट गुमाएर ४४२ रन बनाउदा पारी घोषित गरेको थियो । पहिलो इनिंगमा अस्ट्रेलियाका शन मार्शले १२६ रन बनाएका थिए । इङल्याण्ड बहने आफ्नो पहिलो पारीमा केबल २२७ रन बनाउदा अलआउट भएको थियो ।

यसरी पहिलो पारीमा अस्ट्रेलियाले २१५ रनको बढ्त बनाएको थियो । इङल्याण्डलाई सस्तैमा आउट गर्नेक्रममा नाथन लायनले ४ र मिचेल स्ट्राकले ३ विकेट लिएका थिए । पहिलो इनिंगमा २१५ रनको बढ्न बनाएको अस्त्रेला दोस्रो इनिंगमा १३८ रनमा अलआउट भएको थियो । अस्ट्रेलियालाई सस्तैमा आउट गर्ने क्रममा इङल्यान्डका बलर जेम्स एण्डरसनले ५ र क्रिस वोक्सले ४ विकेट लिएका थिए ।  

पहिलो इनिंगमा सेन्चुरी बनाएका अस्ट्रेलियाका शन मार्श खेलको म्यान अफ द म्याच बनेका छन् ।

एसेज सिरिजको तेस्रो खेल आगामी डिसेम्बर १४ देखि १८ सम्म अस्ट्रेलियाको पर्थमा हुदै छ ।  
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै