स्पेनका विद्रोही नेतालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश, पक्राउ पुर्जी रद्द

खरीबोट

म्याड्रिड (रासस/एएफपी) / स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ ।

हाल उनीहरु बेल्जियममा छन् । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उनीहरुले भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उनीहरुमाथि देशद्रोहको आरोप लागेको छ ।

उनीहरुले स्पेनमा फर्कने इच्छा देखाएको उल्लेख स्पेनका न्यायाधीशले तर्क गरेका छन् । क्याटालोनियामा आगामी महिना निर्वाचन हुने भएको छ । उनीहरु पनि सो निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

क्याटालोनियाको स्वतन्त्रता पक्षधर नेताहरुले पनि यस निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिएका छन् । उनीहरुलाई हाल स्पेन सरकारले जारी गरेको पक्राउ पूर्जी रद्द गर्दा पनि कानूनी अनुसन्धानमा प्रभाव नपर्ने न्यायाधीशले जनाएका छन् ।

क्याटालोनियामा गत महिना गरिएको जनमत संग्रहको विषयलाई लिएर राजनीतिक अस्थिरता बढेको छ । सो जनमत संग्रहमा ठूलो संख्याका नागरिकले स्वतन्त्रताको पक्षमा मत दिएको उक्त सरकारको दाबी छ ।

सोही बमोजिम क्याटालोनियाको सरकारले स्वतन्त्रता घोषणा गरेको दाबी गरेको थियो । तर स्पेन सरकारले भने सो जनमत संग्रहको घोषणा अवैध भएको भन्दै क्याटालोनियाको सरकार र संसद भङ्ग गरिदिएको छ ।

संसद र सरकार भङ्ग गरेपछि यहाँको स्वतन्त्रताको पक्षमा लागेका नेताहरुलाई पनि स्पेन सरकारले उनीहरुलाई देशद्रोही घोषणा गरेको छ । उनीहरुलाई पक्राउ गर्न सरकारले पूर्जी पनि जारी गरेको थियो ।

सम्बन्धित समाचार

स्पेनमाथि इङल्याण्डको ३१ बर्षपछि जित  

काठमाडौँ। यूइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि स्पेनलाई पराजित गरेको इङल्याण्डले ३-२ गोल अन्तरले पराजित गरेको छ।  समुह ए अन्तर्गतको खेलमा इङल्याण्डको

वेल्समाथि स्पेनको जितमा पल्कासेरको दुई गोल

काठमाडौँ। मैत्रीपूर्ण खेलमा स्पेनले वेल्सलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा ग्यारेथ बेल अनुपस्थित वेल्स स्पेनसँग पराजित भएको हो।   स्पेनको जितमा पाको अल्कासेरले दुई गोल गरेका

विश्वकप फाइनलिष्ट क्रोसियाको स्पेनसँग लज्जास्पद हार 

काठमाडौँ।  युइएफ़ए नेशनल लिगमा विश्वकपको फाइनलिष्ट क्रोसिया स्पेनसँग लाजज्स्पद हार  बेहोरेको छ।  गएराती भएको खेलमा स्पेनले क्रोसियालाई ६-०    गोल अन्तरले पराजित गरेको छ।  स्पेनको जितमा साउल निगुएज, मार्को असेन्सियो, रोड्रीगो,

ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा कर छलेको आरोप, ४ महिना जेल र जरिवाना सुनाइयो 

काठमाडौँ।  रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा करछलीको आरोपमा ४ महं को जेल सजाय र ७ लाख ५० हजार युरो जरिवाना गरिएको छ। ३० बर्षिय प्ले मेकर मार्सेलोलाई आन्फो


z