• २०८१ बैशाख ८ शनिबार

स्पेनका विद्रोही नेतालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश, पक्राउ पुर्जी रद्द

kharibot

म्याड्रिड (रासस/एएफपी) / स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ ।

हाल उनीहरु बेल्जियममा छन् । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उनीहरुले भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उनीहरुमाथि देशद्रोहको आरोप लागेको छ ।

उनीहरुले स्पेनमा फर्कने इच्छा देखाएको उल्लेख स्पेनका न्यायाधीशले तर्क गरेका छन् । क्याटालोनियामा आगामी महिना निर्वाचन हुने भएको छ । उनीहरु पनि सो निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् ।

क्याटालोनियाको स्वतन्त्रता पक्षधर नेताहरुले पनि यस निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिएका छन् । उनीहरुलाई हाल स्पेन सरकारले जारी गरेको पक्राउ पूर्जी रद्द गर्दा पनि कानूनी अनुसन्धानमा प्रभाव नपर्ने न्यायाधीशले जनाएका छन् ।

क्याटालोनियामा गत महिना गरिएको जनमत संग्रहको विषयलाई लिएर राजनीतिक अस्थिरता बढेको छ । सो जनमत संग्रहमा ठूलो संख्याका नागरिकले स्वतन्त्रताको पक्षमा मत दिएको उक्त सरकारको दाबी छ ।

सोही बमोजिम क्याटालोनियाको सरकारले स्वतन्त्रता घोषणा गरेको दाबी गरेको थियो । तर स्पेन सरकारले भने सो जनमत संग्रहको घोषणा अवैध भएको भन्दै क्याटालोनियाको सरकार र संसद भङ्ग गरिदिएको छ ।

संसद र सरकार भङ्ग गरेपछि यहाँको स्वतन्त्रताको पक्षमा लागेका नेताहरुलाई पनि स्पेन सरकारले उनीहरुलाई देशद्रोही घोषणा गरेको छ । उनीहरुलाई पक्राउ गर्न सरकारले पूर्जी पनि जारी गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै