• २०८१ बैशाख ७ शुक्रबार

नेपालद्वारा युएईलाई २२२ रनको लक्ष्य (लाइभ भिडियो)

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा युएईलाई २२१ रनको लक्ष्य दिएको छ ।

आबुधावीको शेख जायेद रंगशालामा टस हरेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २२१ रन बनाएको हो । नेपालको पारीमा शरद भेस्वाकरले सर्वाधिक ८१ रन बनाएका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ५४ रनको पारी खेलेका थिए ।

त्यस्तै कप्तान पारस खड्का र सोमपाल कामिले २०, २० रन बनाएका थिए भने ओपनर दिलिप नाथले १६ रन र बसन्त रेग्मीले १४ महत्वपूर्ण रन बनाएका थिए । नेपालका लागि ओपनर ज्ञानेन्द्र र दिलिपनाथले उत्कृष्ट सुरुवात दिलाउदै पहिलो विकेटका लागि ४३ रनक ओसझेदारी गरेका थिए ।  

युएईका लागि जोहर खानले २, रोहण मुस्तफा, अहमद राजा र मोहमद नावेदले एक एक विकेट लिएका थिए । युएईले आफ्नो पारी केहीबेरमा सुरु गर्दै छ ।

युएईविरुद्धको खेलमा नेपालका तर्फबाट पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेस्वाकर, बिनोद भण्डारी, सोमपाल कामि, मोहमद असिफ शेख, सन्दीप लामिछाने, दिलिप नाथ र ललित भण्डारी खेल्दै छन् ।  

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै