सिद्धार्थ बैंकको शाखा बट्टार, चरीकोट र बागलुङ्गमा

खरीबोट
ad

काठमाडौं \ सिद्धार्थ बैंकले बुधबार तीन स्थानमा शाखा विस्तार गरेको छ । नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा बैंकले आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ र यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप रु. ७८ अर्ब ४६ करोड र कर्जा लगानी रु. ७१ अर्ब ७८ करोड गरेको छ  । सोहि अवधीमा बैंक रु. ८६ करोड संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको छ ।

सम्बन्धित समाचार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सुमेरु सिटी अस्पतालमा छुट

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेड र सुमेरु सिटी अस्पताल, ललितपुरका बीच बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता

सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले देशका विभिन्न स्थानहरुमा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालयहरु सुरुवात गरेको छ । बैंकले

सिद्धार्थ बैंक मास्टरकार्डको मुख्य सदस्य 

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य

सिद्धार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिद्घार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंक र उक्त इन्स्योरेन्सबीच एक विशेष कार्यक्रमका बीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भएको हो


z