• २०८१ बैशाख ७ शुक्रबार

सिद्धार्थ बैंकको शाखा बट्टार, चरीकोट र बागलुङ्गमा

kharibot

काठमाडौं \ सिद्धार्थ बैंकले बुधबार तीन स्थानमा शाखा विस्तार गरेको छ । नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा बैंकले आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ र यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप रु. ७८ अर्ब ४६ करोड र कर्जा लगानी रु. ७१ अर्ब ७८ करोड गरेको छ  । सोहि अवधीमा बैंक रु. ८६ करोड संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै