• २०८१ बैशाख १३ बिहीबार

किन रोइन् कट्रिना ? सलमानले यसरी मनाए  

kharibot

मुम्बई । बलिवुडमा सलमान खान र कट्रिना कैफको सम्बन्धमा धेरै उतार चढाव देखिएको छ । 

सुरुमा सलमानको सहयोगमा बलिवुडमा आफ्नो सिक्का जमाउन सफल कट्रिनाले पछिल्लो समय आफ्नो अभिनय र क्षमताले दर्श्को मन जित्न सफल भएकी छन् । अहिले एक पछि अर्को गर्दै बलिवुडका तिनै खानसँग अभिनय गरिरहेकी छन् । 

सलमान खानसँग टाइगर जिन्दा है आगामी डिसेम्बर २२ मा रिलिज हुदै छ भने आमिर खानसँग ठग्स अफ हिन्दुस्तानको सुटिंग अहिले भैरहेको छ भने त्यसपछि किंग खान शाहरुख खानसँग फिल्म गर्दिया छन् । 

अहिले टाइगर जिन्दा है को प्रमोशनमा व्यस्त रहेकी कट्रिना आफ्ना पुर्वप्रेमी सलमानसँग फेरी नजिकिन लागेको रिपोर्टहरु आइरहेका छन् । 

हालै कट्रिना र सलमान टेलिभिजन डान्स शो डान्स च्याम्पियन्समा आफ्नो फिल्मको प्रमोशनका क्रममा कट्रिना रुन लागेपछि शो को शुटिंग नै अवरुद्ध भएको रिपोर्ट आएको छ । शोमा एक प्रतियोगीले सलमान खानको फिल्म ‘तेरे नाम’ को एक गीतमा गरेको प्रफरमेन्स देखेर कट्रिना रोएकी थिइन् । कट्रिना रुन थालेपछि शो केहीबेर अवरुद्ध भएको थियो ।

कट्रिना रुन लागेपछि सँगै रहेका सलमानले कट्रिनालाई खुशी बनाउन आफ्नै गीतमा डान्स गर्न थालेका थिए । त्यसपछि दुबैले स्नागे डान्स गरेर स्थितिलाई सम्हालेका थिए ।

फिल्म रिलिजको संघारमा हिरो हिरोइनको अफयेर्सको चर्चा चल्ने कुरा पुरानै भएपनि सलमान र कट्रिनाको केमेष्ट्री हेर्दा दुवै बीच केहि न केहि चक्कर चलेको अहिले बलिवुडमा चर्चा चलेको छ । सलमान पछि रणवीर कपुरसँग प्रेममा परेकी कट्रिना, रणवीरसँगको ब्रेकअप पछि सिंगल रहेकी छन् । सलमानको भने कट्रिनासँगको ब्रेकअपपछि रोमानियन लुलिया भेन्तुरसँग रिलेशनसिपमा रहेका छन् । 

अहिले सलमान र कट्रिनाको अहिलेको केमेष्टी फिल्म चलाउन मात्र हो या व्यक्तिगत सम्बन्धमा पनि यसको असर पर्छ त्यो हेर्न भने केहि समय पर्खिनु पर्ने देखिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै