• २०८१ बैशाख ६ बिहीबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल युएईसँग ७ विकेटले पराजित 

kharibot

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्यलाई युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपाललाई पराजित गर्न युएईका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । युएईका लागि घुलाम शब्बरले नटआउट ८१ रन बनाएका थिए भने कप्तान रोहन मुस्तफाले ६२ रन बनाएका थिए । त्यस्तै रमीज शाहजादले ३७, अश्फक अहमदले १९ र मोहमद उस्मानले नटआउट १७ रन बनाएका थिए ।

नेपाली बलर सन्दीप लामिछाने र शरद भेस्वाकरले एक एक विकेट लिएका थिए ।    

यसअघि आबुधावीको शेख जायेद रंगशालामा टस हरेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २२१ रन बनाएको थियो । नेपालको पारीमा शरद भेस्वाकरले सर्वाधिक ८१ रन बनाएका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ५४ रनको पारी खेलेका थिए ।

त्यस्तै कप्तान पारस खड्का र सोमपाल कामिले २०, २० रन बनाएका थिए भने ओपनर दिलिप नाथले १६ रन र बसन्त रेग्मीले १४ महत्वपूर्ण रन बनाएका थिए । नेपालका लागि ओपनर ज्ञानेन्द्र र दिलिपनाथले उत्कृष्ट सुरुवात दिलाउदै पहिलो विकेटका लागि ४३ रनक ओसझेदारी गरेका थिए ।  

युएईका लागि जोहर खानले २, रोहण मुस्तफा, अहमद राजा र मोहमद नावेदले एक एक विकेट लिएका थिए । 

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको युएईसँगको दोस्रो खेल आगामी शुक्रबार खेल्दै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै