• २०८१ बैशाख ७ शुक्रबार

भारतको उत्तराखण्डमा भूकम्प

kharibot

नयाँ दिल्ली । भारतका विभिन्न राज्यमा भूकम्पको झड्का महसुस गरिएको छ । बुधबार साँझ ८ बजेर ५१ मिनेट जाँदा गएको भूकम्प ५.१ रेक्टर स्केलको भएको अमेरिकी भुगर्व विभागले जनाएको छ । 

भूकम्पको केन्द्र बिन्दु भारतको उत्तराखण्ड राज्यको पिपलकोठीबाट ३४ किलोमिटर उत्तर पश्चिम तर्फ रहेको र भूकम्पको गहिराइ १० किलोमिटर रहेको उल्लेख गरेको छ ।

भारतका विभिन्न राज्यमा भूकम्पको झड्का महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । युपीको मेरठ, त्यस्तै देहरादुन, हरिद्वारमा पनि भूकम्पको झड्का महसुस भएको बताइएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै