• २०८१ बैशाख ८ शनिबार

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा, कोन्टिन्होले गरे ह्याट्रिक 

kharibot

काठमाडौँ । लिभरपुलले रसियन क्लब स्पार्टक मस्कोलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो ठाउ सुरक्षित गरेको छ । गएराती भएको खेलमा लिभरपुलले स्पार्टकलाई ७-० ले पराजित गरेको हो ।

लिभरपुलको जितमा हाल बार्सिलोना जाने तयारीमा रहेका फिलिप कोन्टिन्होले ह्याट्रिक गरेका छन् । यो लिभरपुलका लागि उनको पहिलो ह्याट्रिक हो । खेलको चौथो मिनेटमा पेनाल्टीबाट गोल गरेका कोन्टिन्होले खेलको १५औ र ५०मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । लिभरपुलका लागि मानेले दुई गोल गरेका थिए भने रोबर्ट फिरमिनो, मोहमद सलाहले एक एक गोल गरेका थिए ।

जितपछि लिभरपुल ६ खेलमा १२ अंक सहित समुहमा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ । यस समुहबाट स्पेनिस क्लब सेभिला ६ खेलमा ९ अंक सहित दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै