• २०८१ बैशाख ६ बिहीबार

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

kharibot

बैतडी  । बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रिक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए  । यसअघि गत कात्तिक २२ गते प्रदेश नं ७ को बझाङ केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै