• २०८१ बैशाख ६ बिहीबार

बारामा १०६ वर्षिया वृद्धा पवित्रा उपाध्यायले गरिन् मतदान

kharibot

बारा । बारामा एक सय ६ वर्षिया वृद्धा मतदाता पवित्रा उपाध्यायले मतदान गरेकी छन् । 

जिल्लाको क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने जीतपुरसिमरा उपमहानगरपालीकाको औराहा मतदान केन्द्रबाट उपाध्यायले मतदान गरेकी हुँन् । 

उनलाई ६५ बर्षिय छोरा होमनाथ उपाध्याय र ४५ बर्षे नाती टिका पौडेलले बोकेर मतदान स्थल सम्म पुर्याएका हुँन् । उपाध्यायले मतदान गरेको मतदान केन्द्रमा ४५ मिनेंट अबेरबाट मतदान सुरु भएको थियो । 

विहान ७ बजे नैं मतदान गर्न छोरा नातीको साहाराले आएकी उपाध्याय करिब आधा घण्टा मतदान स्थलमा प्रतिक्षा गर्नु परेको उनका नाती टिका पौडेलले जानकारी दिए ।

बाराका केही मतदान स्थल बाहेक सबै मतदान केन्द्रमा विहान ७ बजेबाट नैं मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार जिल्लाका तीन सय तीन मतदान स्थलबाट कुल ३ लाख ४९ हजार ९ सय ४७ मतदाता निर्वाचनमा सहभागी हुँदै छन् ।

निर्वाचन शान्त र भयरहित बनाउँन बारामा पाँच हजार बढी सुरक्षा कर्मी खटाईएको छ । जिल्लाका ४ निर्वाचन क्षेत्रमा ४ प्रतिनिधि सभा सद्स्य र ८ प्रदेश सभा सद्स्यका लागी आज निर्वाचन हुँदै छ ।

पूर्वमन्त्री पौडेलले गौरीशंकर मतदानकेन्द्रबाट गरे मतदान

सोहि क्रममा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज एमालेका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मतदान गरेका छन् । उनले मतदान गरेसँगै गौरीशंकर मतदान केन्द्र निजगढ वडा नं.९ मा मतदान सुरु गरिएको हो । उनले आज जनताले आफ्नु भाग्य आँफै लेख्ने दिन रहेकोले जनताले हाम्रोलाई होइन राम्रोलाई भोट दिने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै