भक्तपुरको हनुमन्ते खोलाको पुलमा राखिएको बम सेनाद्वारा निष्क्रिय 

खरीबोट

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ । 

बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन् । कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्रमा त्रास पैदा गराउने उद्देश्यले विस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ ।

मतदान केन्द्र नजिक विस्फोटक पदार्थ राखिएपछि दुवै मतदान केन्द्रमा केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो । बम निष्क्रिय भएपछि अहिले मतदान सुचारु भएको छ ।
 

सम्बन्धित समाचार

आयुष्मानको 'बधाई हो' सय करोड क्लबमा 

मुम्बई। बलिवुड अभिनेता आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोडको व्यापार गरेको छ । यो सँगै सय करोडको व्यापार पुरा गरेसँगै बलिवुडमा यस

व्यापार असन्तुलन व्यापकरुपमा बढ्यो, निर्यात १४ अर्बमा सीमित

काठमाडौँ। मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ । केन्द्रीय बैंकले चालू आवको दुई महीनाको तथ्याङ्कमा आधारित भएर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आयात ३८.५ प्रतिशतले बढेर रु

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमण, ६ घाइते

अफगानिस्तान । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको तत्काल कुनै समूहले

सोमालियामा आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

सोमालिया । शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्


z