• २०८१ बैशाख ७ शुक्रबार

पूर्वदेखि पश्चिमसम्मका नेताहरुले गरे आआफ्नो गृहजिल्लाबाट मतदान (फोटोफिचर)

kharibot

काठमाडौं । आज नेपालमा ऐतिहासिक रुपमा नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किाला मानिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन भइरहेको छ ।

आज बिहानैदेखि सम्बन्धित जिल्लाहरुमा मतदाताहरु उत्साहप्रद रुपमा मतदानमा सरिक भएका छन् भने मुख्य दलहरुका शीर्षस्थ नेताहरुले पनि आ आफ्नो गृहजिल्लामा पुगेर मतदान गरेका छन् । गणतन्त्रको संस्थागत र नयाँ संविधानको कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण रहेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मले आआफ्नो गृहजिल्ला पुगेर मतदान गरेका छन् ।


प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरे भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरे । त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरे ।

यसैगरी पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्वांगले इलामको बालमन्दिर मतदान केन्द्र (ख)बाट बिहीबारको निर्वाचनमा मतदान गरेका छन् । त्यस्तै माओवादी अध्यक्षका बुहारी एवं स्व. प्रकाश दाहालकी श्रीमती तथा कञ्चनपुर क्षेत्र–१ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बिना मगर पुनर्वास नगरपालिका–३ गोरख आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरिन् ।

यता विना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले बिहीबारको निर्वाचनमा बर्दिवास नगरपालिकास्थित दुधेश्वर प्रावि मतदान केन्द्र कबाट मतदान गरेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बीरबहादुर बलायर डोटीको शिखर नगरपालिका–८ तिलतालीको राधाकृष्ण उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरे ।

त्यस्तै झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेद्वार राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देन गोलधाप मतदान केन्द्रबाट मतदान गरेका छन् भने धनुषाको निर्वाचन क्षेत्र–४ का उम्मेदवार वाम गठबन्धनबाट एमालेका नेता रघुबीर महासेठ जनकपुर उपमाहनगरपालिका–९ को सुहृदय पुस्तकालय मतदान केन्द्रमा पुगेर मतदान गरे ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा कांग्रेसका नेता एवं काठमाडौंबाट उम्मेदवार समेत बनेका नेता प्रकाशमान सिंहले काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गरे ।

त्यस्तै काँग्रेसकै युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको बिहीबारको निर्वाचनमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले रुपन्देही क्षेत्र–१ को तिलोत्तमा नगरपालिकास्थित ज्योति निमावि मतदान केन्द्रमा पुगेर मतदान गरे ।

काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गरेका छन् ।

आजको निर्वाचनमा नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र–२ बुटवल उपमहानगरपालिका–८स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गरे भने पूर्वमन्त्री हृदयेश त्रिपाठी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र–१स्थित जनजागृती मावि गुठीप्रसौनी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गरेका छन् भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधीसभाका उम्मेदवार रमेश लेखकले कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरे ।

त्यस्तै नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावलले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा पुगेर मतदान गरे ।

  • सबै तस्बिरहरू : रासस

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै