• २०८१ बैशाख ७ शुक्रबार

अर्घाखाँचीको वाङला मथुरा केन्द्रमा निर्बाचन स्थगित,  हस्ताक्षर नभएको मतपत्र दिएपछि तोडफोड

kharibot

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क ५ वाङला मथुरा  मावि केन्द्रमा निर्बाचन स्थगित भएको छ । 

मतदान अधिकृतले हस्ताक्षर बिना १०० मतपत्र दिएको भन्दै मतदाता बाट बिरोध गरेका थिए । मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतपेटिका तोडफोड गरिएको छ।

तोडफोडपछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले केही समय मतदान रोकेर सर्वदलीय बैठक बस्ने र बेलुकासम्म भएपनि मतदान पुनः सुरु गराउने बताएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै