भोलाछेंमा एमाले र नेमकिपाबीच झडप

खरीबोट
ad

भक्तपुर । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा पूर्ववडाध्यक्ष कृष्णराम थुसा, प्रकाश थुसा, केशव सत्ता, चन्द्रकेशरी कुसाथा, रामदेवी थुसालगायत १२ जना घाइते भएका छन् । भोलाछेंस्थित मतदान केन्द्रको करिब २०० मि नजिक भएको सो घटनाका कारण मतदान प्रक्रियामा कुनै अवरोध नआएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताए । उनले भने, ‘मतदान केन्द्र नजिक सामान्य विषयमा झडप भए पनि मतदान प्रक्रिया सुचारु भइरहेको छ ।’

भोलाछेंस्थित मतदान केन्द्र बाहिर मतदातालाई मतदाता नं र क्रमसंख्या भिडाएर सहयोग गरिरहेका स्वयंसेवीलाई मतदानस्थल अवलोकनका लागि पुग्नुभएका भक्तपुर क्षेत्र नं १ प्रदेशसभा खमा वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारको टोलीमा सहभागीले एक्कासि आक्रमण गरेको नेपाल क्रान्तिकारी युवा संघका पूर्वअध्यक्ष प्रकाश थुसाले बताए ।

उनले भने, ‘स्वयम्सेवीहरूले कुनै पार्टीको प्रचार गरिरहेको होइन भन्दा पनि कुरै नसुनी ती उम्मेदवारसँग आएका गुण्डाहरूले महिला, वृद्धवृद्धा केही नभनी हातपात गरे, स्वयम्सेवीहरूलाई बचाउने क्रममा ममाथि पनि आक्रमण भयो ।’ एमालेका जिल्ला नेता बालमुकुन्द सुवालले नेमकिपाले मतदातालाई प्रभावित गर्ने प्रयास भइरहेका अवस्थामा सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिए ।

सम्बन्धित समाचार

भक्तपुरमा खःमेय जात्रामा हजारौँ भीड

भक्तपुर। महानवमीको दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय अर्थात् राँगो जात्रा सम्पन्न भएको छ । धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रुपमा वध गरी असत्यमाथि

भक्तपुरमा नौराते मेला सुरु

भक्तपुर। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । राति मन्दिरमा

भक्तपुरमा फेरी टिप्पर आतंक : मोटरसाइकल चालकको मृत्युपछि तनाव, १५ सेल अश्रुग्यास प्रहार

भक्तपुर। भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ जाँदै गरेको

भक्तपुरमा ३ सय बर्ष पुरानो महाकाली नाच सम्पन्न

भक्तपुर। विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं। ५ र ६ का युवाहरुको सक्रियतामा गत वर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यसवर्ष इन्द्रजात्राको भोलिपल्ट


z