• २०८१ बैशाख १३ बिहीबार

सिके राउतको गाँउ सप्तरीको महदेवामा भोट हाल्न कोहि आएननन्

kharibot

राजविराज ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन । 

बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए । 

उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भए पनि कोही पनि मतदाता नआएका कारण मतदान हुन नसकेको उनले बताए । 

डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै