हुम्ला । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।
एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्यारहेका छन् । त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन् । हालसम्म १३८ मत बदर भएको पाइएको छ ।
त्यस्तै एक हजार २७३ मतगणना हुँदा प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का दल रावलले ८६१ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका थानबहादुर रोकायाले ३१३ मत प्राप्त गरेका छन् । नयाँ शक्ति पार्टी नेपालका धर्मराज ऐडीले २० मत प्राप्त गरेका छन् र ७७ मत बदर भएको छ ।
प्रदेशसभा (ख) को शुक्रबार मात्र मतगणना हुने बताइएको छ ।